Aarthikaina
धनगढीलाई हराउँदै ललितपुर नेपाल सुपर लिगको नँया च्याम्पियन

काठमाडौं । धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलको दोस्रो सिजनको उपाधि जितेको छ । दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा धनगढीलाई ३–२ गोलअन्तरले हराउँदै ललितपुरले उपाधि उचालेको हो ।

ललितपुरलाई जित दिलाउन इमो एजिकेलले २ गोल गरेका थिए । त्यस्तै, दिनेश हेम्जनले एक गोल गरेका थिए । धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजिले समान १/१ गोल गरेका थिए ।

Manakamana Cable Car

खेलमा सुरुवाती अग्रता भने धनगढीले बनाएको थियो । खेलको ३९ औं मिनेटमा ओलावाले अफिजले गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा इमो एजिकेलले गोल गर्दै ललितपुरलाई १/१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ५१ औं मिनेटमा दिनेशले गोल गर्दै ललितपुरलाई २–१ गोलको अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा एजिकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ गोलअन्तरले जिततर्फ अगाडि बढाएका थिए ।

खेलको ७९ औं मिनेटमा धनगढी दश जनामा सिमित हुन पुग्यो । डिफेन्डर रिचार्डले इमोह माथि गरेको च्यालेन्ज पश्चात उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए । खेलको इन्जुरी समयमा धनगढीका हिजाजले गोल गरे पनि ललितपुरले ३–२ गोलअन्तरको जित निकाल्न सफल भयो ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ललितपुर सिटी एफसीका आदित्य शाक्य खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए । जितसँगै ललितपुरले ७० लाखको नगद पुरस्कार पाएको छ भने उपविजेतामा सिमित भएको धनगढीले २० लाखमा चित्त बुझाएको छ ।

शनिबार एनएसएलले नँया च्याम्पियन पाएको छ । नेपाली फुटबल समर्थकले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला लामो समयपछि भरिएको थियो । फाइनल खेल सुरु भए लगत्तै दशरथ रंगशालाका सबै ढोकाहरु बन्द गरिएको थियो ।

पहिलो क्वालिफायरमा पोखरा थन्डसैलाई पेनाल्टीमा ४–३ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, दोस्रो क्वालिफायरमा ललितपुरले पोखरालाई नै अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा गत सिजनको उपविजेता धनगढीसँगको भेट पक्का गरेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  २३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update