Aarthikaina
थ्रेसर मेशिनमा बेरिएर ५७ वर्षीय नुनुवाको मृत्यु

झापा । झापा गाउँपालिका–२ सुगा बथान बस्ने ५७ वर्षीय नुनुवा टुडुको थ्रेसर मेशिनमा बेरिएर मृत्यु भएको छ ।

खेतमा प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा बेरिएर बुधबार बिहान उनको मृत्यु भएको हो ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

प्रहरीका अनुसार आफ्नै खेतमा थ्रेसर मेशिनबाट धान थ्रेसर लगाई झार्ने क्रममा थ्रेसरमा बेरिएर उनको मृत्यु हो ।

उक्त घटना थाहा पाउनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update