Aarthikaina
प्रभु बैंकका सीईओ अशोक शेरचन सम्मानित

काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन बुधबार सम्मानित भएका छन् ।

बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं बागलुङ महोत्सवमा शेरचन राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका हुन् ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

राष्ट्रपति पौडेलले प्रभु बैंकका सीईओ शेरचनलाई सम्मानपत्र प्रदान गरेका थिए । प्रभु बैंकको सीईओका रूपमा सफल नेतृत्व गरेको र बैंकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै शेरचनलाई सम्मान गरिएको हो ।

बागलुङमा जन्मेका शेरचन यतिखेर सक्षम र सवल बैंकरका रूपमा स्थापित छन् । बैंकिङ क्षेत्रमा उनको २८ वर्षको अनुभव छ । शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकले केही समयअघि मात्रै ‘बैंक अफ दि इयर २०२३’को उपाधि प्राप्त गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update