Aarthikaina
सूर्यज्योति लाइफले ऐतिहासिक सफल मर्जरको एक वर्ष पुरा गर्‍यो, रू‍. ३० अर्बको बीमाकोष, रू‍. ३५ अर्ब लगानी

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ । यो जीवन बीमा कम्पनीले मर्जरको एक वर्षको अवधिमा अझै बिस्तारित शाखा सञ्जाल, परिस्कृत बीमा योजनाहरु र ग्राहक मैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको छ ।

मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउन चाँडै नै शेयरधनीलाई लाभा‌ंश वितरण गर्ने भएको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

संयुक्त कारोबार शुरु गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको बीमा कोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको छ । यो कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले मंसिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ ।

चालू आर्थिक वर्षको म‌ंसिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कूल ५२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । देशभर १७६ शाखा सञ्जालमार्फत् बीमित र अभिकर्तामार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको यो कम्पनीले २३ लाख जीवन बीमालेख बिक्री गरि सकेको छ ।

प्रत्यक्ष रोजगाररत जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठूलो रोजगारदाता जीवन बीमकका रुपमा समेत उभिएको छ । यसमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । ९४ हजार अभिकर्ता आबद्ध छन् ।

बजारको आवश्यकता अनुसार बीमा योजनाहरु ल्याउने रणनीति अन्तर्गत यो जीवन बीमा कम्पनीले हालै सावधिक र म्यादी बीमाको सम्मिश्रण रहेको ‘सही प्लान’बीमा योजना सार्वजनिक गरेको थियो ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी वृद्धिको माध्यमबाट जीवन बीमा कम्पनीहरुबीच मर्जरलाई प्रोत्साहन गर्ने रणनीति बनाए पछि सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

बीमाङ्की मूल्या‌ंकन, विस्तृत लेखा परिक्षण र साधारण सभापछि यी दुबै कम्पनीले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पौष ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update