Aarthikaina
काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा

काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा पुगेको छ । दशरथ रंगशालामा मंगलबार  भएको इलिमिनेटर खेलमा १० खेलाडीमा सिमित काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।

ललितपुरका लागि इमु इजिकेले दुई गोल तथा पापा इबु केबेले एक गोल गरेका थिए । अब ललितपुरले फाइनल प्रवेशका लागि पोखरा थन्डर्ससँग बिहीबार खेल्नेछ । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पोखरा पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

खेलको ३६ ‍औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिन एक मिनेट अघि पापा इबु केबेले ललितपुरलाई २–० को अग्रता दिलाए । खेलको ५६ औं मिनेटमा इजिकेलले ब्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–० गोल अन्तरको शानदार जित दिलाएका थिए ।

यस्तै, काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड पाएर खेलको  ७४ औं मिनेटमा बाहिरएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ललितपुर सिटी एफसीका इमु इजिके खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए । यस सिजन एनएसएलको फाइनल खेल शनिबार हुदैछ ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update