Aarthikaina
Manakamana Cable Car

काठमाडौं । कवि तथा गीतकार गणेश खड्काको नयाँ गीत ‘खोजेरै आयौ’ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ । लोकप्रिय गायक स्वरुपराज आचार्यको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द गणेश खड्का, सङ्गीत डीआर अटु, सङ्गीत संयोजन राजु कार्कीको रहेको छ ।

गीतकार खड्काले गीतमॉप्रेम संयोगले हुन्छ र वियोग बाध्यताले हुन्छ’ भन्ने प्रेम जीवनका स्वभाविक प्रक्रियाहरूलाई शब्दमा उनेका छन् । प्रेममा मिलन, बिछोड एक स्वभाविक प्रक्रिया भए पनि कुनै बिछोड बाध्यताले हुने र कुनै बिछोड नियतवश अथवा कसैको भड्काउ या बहकाउमा लागेर हुने कुरा गीतमा बताइएको छ ।

“गणेश खड्का” युट्युब च्यानलमार्फत सार्वजनिक यस गीतको भिडियोको छायाङ्कन इसाक जबेगुले गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update