Aarthikaina
घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउन सफल भयाैँ: राजन अधिकारी

काठमाडौं । बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले बजारमा फैलिएका मिथ्या खबरका कारण सेवाग्राही आत्तिने अवस्था आइरहेका बेला घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउन सफल भएको बताएका छन् ।

घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउने उद्देश्यसहित बसोबास नेपालले आयोजना गरेको ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला शनिबार काठमाडौँमा सम्पन्न भएको थियो ।

Manakamana Cable Car

मेलामा बसोबासलगायत अन्य ठूला डेभलपरका ११ वटा स्टलमा २५० भन्दा बढी प्रपर्टी प्रदर्शन गरिएको र समग्र स्टलहरूबाट मेलाको दिनमात्रै ५० करोड भन्दाबढिको कारोबार भएको आयोजकले जनाएको छ ।

ललितपुरको एक होटलमा आयोजित मेलामा सहभागी सेवाग्राहीलाई बैंकिङ परामर्श समेत दिएइको थियो । साथै कानुनी परामर्शका लागि पनि छुट्टै बुथको व्यवस्था गरिएको थियो ।

बसोबास नेपालका सेल्स म्यानेजर अंकित घिमिरेले पहिलो मेलामा पाएको सफलताले आगामी दिनमा मेलाको आयोजना गर्न हौसला मिलेको बताएका छन् ।

यस्तै, मेलालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले निजी कम्पनीले आफ्नै जोखिममा आयोजना गरेको मेलाले राम्रो उपलब्धि दिएको भन्दै यसले घरजग्गा कारोबार पनि एउटा इन्डस्ट्री हो भन्ने कुरा सावित गर्न सफल भएको बताएका थिए ।

मेलामा बसोबास नेपालले उपलब्ध गराएको प्लेर्टफममा सीई कन्स्ट्रक्सन, सीडी डेभलपर, पद्मा कोलोनी, सीजी प्रपर्टीज, भुमी डेभलपर, डाउनटाउन, सीजी डेभलपर, प्लेटिनम डेभलपर, वृहत इन्भेस्मेन्ट, हार्मोनी कोलोनी लगायत ठूला डेभलपरहरूका स्टलहरू थिए ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update