Aarthikaina
होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

काठमाडौं । व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले आज अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर होटल व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गरेको हो ।

Manakamana Cable Car

महासङ्घका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्‍याउने होटल क्षेत्र देशको गरिमासमेत रहेको उल्लेख गरेको छ ।

होटलजस्तो महत्वपूर्ण क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको जनाउँदै समितिले अबका दिनमा राष्ट्रिया प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको हो ।

यस्तै, महासङ्घले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ‘ब्राण्ड’ले रोयल्टीवापत कूल बित्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको हुँदा सो सम्बन्धमा सहजीकरण गरिदिन माग गरेको छ ।

भेटमा अर्थमन्त्री डा महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने जनाउँदै व्यवसायीको मागका सम्बन्धमा आफूले अध्ययन गरेर सकारात्मक नतिजा दिने विश्वास दिलाए। अर्थमन्त्रीसँगको भेटमा होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहलगायतका व्यावसायीको सहभागिता थियो ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update