Aarthikaina
सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ बिक्री गर्न स्वीकृति दिएको हो ।

यसअघि कम्पनीले गत मंसिर १८ गतेनै धितोपत्र बोर्डमा आईपीओ निष्काशनका लागि अनुमति माग्दै निवदेन दिएको थियो । बोर्डले कम्पनीलाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले ३६ लाख कित्ता आईपीओ बिक्री अनुमति दिएको हो ।

Manakamana Cable Car

अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख किता आईपीओ निष्काशन गर्नेछ । कम्पनीले अब उद्योग प्रभावित स्थानीय र वैदेशकि रोजगारमा रहेकालाई सेयर निष्काशन गर्नेछ । त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्नेछ ।

अरू कम्पनीको प्राथममिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आईपीओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन । जसले गर्दा ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्दछ ।

बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ निष्काशन हुने धितोपत्र बोर्डले बताएको छ । सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो ।

नेपालमा पहिलो पटक बुक विल्डिङ प्रक्रियाबाट कम्पनीले आईपीओ बिक्री गरेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update