Aarthikaina
नेता कार्यकर्तालाई अंगदान गर्न नेकपा एसको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नसर्ने रोगबाट प्रभावितको संख्या उच्च देखिन थालेपछि अंगदान गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार सम्पन्न सचिवालय बैठकले नसर्ने रोगलाई दृष्टिगत गरी नेता तथा कार्यकर्तालाई अंगदान गर्न आह्वान गर्ने निर्णय गरेको हो ।

Manakamana Cable Car

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९–८० मा मात्रै नसर्ने रोगका १५ लाख २१ हजार ३६ बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेका थिए, जुन कुल जनसंख्याको ५.२२ प्रतिशत हो। अस्वस्थ जीवनशैली र खानपान मुख्य कारक मानिने नसर्ने रोगबाट पीडितहरूको बढ्दो संख्या हेर्दा बर्सेनि अवस्था भयावह बन्दै गएको छ ।

सचिवालय बैठकले ११–१३ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा विधानबारे थप छलफल हुने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update