Aarthikaina
क्यासिनो माजोङलाई अन्तर्राष्ट्रिय ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड

काठमाडौँ । काठमाडौंस्थित क्यासिनो माजोङले दक्षिणएशिया स्तरको प्रतिष्ठित अवार्ड पाएको छ । क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड प्राप्त गरेको हो । त्यस्तै, क्यासिनो माजोङका महाप्रबन्धक अमूल्य राणाले ‘बेस्ट क्यासिनो जनरल म्यानेजर साउथएशिया’ अवार्ड पाएका छन् ।

भारतको राजधानी नयाँदिल्लीस्थित ‘हस्पिटालिटी इन्डिया’ ले बर्सेनि संसारभरका होटल र क्यासिनोलाई अवार्ड वितरण गर्दै आएको छ । नयाँदिल्लीस्थित होटल अशोकमा आयोजित समारोहमा क्यासिनो माजोङले मंसीर ८ मा अवार्ड पाएको हो ।

Manakamana Cable Car

क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड पाएको यो तेस्रो पटक हो। यसअघि सन् २०२२ र २०१९ मा ‘बेस्ट क्यासिनो इन साउथएशिया’ तथा सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड पाएको थियो ।

यस्तै, नेपालगन्जस्थित क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड पाएको छ। अवार्ड प्राप्त गरेपछि महाप्रबन्धक राणाले भने, “नेपालको क्यासिनोले क्षेत्रीय स्तरको अवार्ड निरन्तर प्राप्त गर्नु प्रतिष्ठाको विषय हो ।”

भारतका पर्यटन तथा रक्षा राज्यमन्त्री अजय भट्ट, महाराष्ट्रका पूर्व गभर्नर भगतसिंह कोस्यारी र गान्धी समितिका उपाध्यक्ष तथा पूर्व युवा तथा खेलकूद राज्यमन्त्री विजय गोयलले अवार्ड वितरण गरेका थिए । यो ‘इन्टरन्यशानल हस्पिटालिटी एन्ड ट्राभल अवार्ड’ को १८औं शृंखला हो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update