म्यानचेस्टर सिटीलाई क्लब विश्वकप फुटबलको उपाधि

काठमाडाैं । ब्राजिली क्लब फ्लुमिनेन्सेलाई हराउँदै इङ्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । सिटीले पहिलो पटक क्लब विश्वकपको उपाधि हात पारेको हो ।
शुक्रबार साउदी अरेबियामा सम्पन्न फाइनल खेलमा सिटीले फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा जुलियन अल्भारेजले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए । त्यस्तै, एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए ।
युरोपियन च्याम्पियन सिटी र दक्षिण अमेरिकी च्याम्पियन फ्लुमिनेन्सले क्लब विश्वकपको फाइनलमा भेट भएका हुन् । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी पाँच पटक र बार्सिलोनाले तीन पटक जितेको छ ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०८० १९:१९
प्रतिक्रिया दिनुहोस्