Aarthikaina
युवाहरूले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री डा. प्रकाशशरण महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरूको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन् । शनिवार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले युवाहरूको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेकाले त्यसका लागि विदेश नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताएका हुन् ।

उनले नेपाले विकास गर्न बाँकी रहेकाले युवाहरूलाई मुलुकभित्रै अवसर नै अवसर रहेको उल्लेख गरे । उनले कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यता तोड्न अब युवाहरूले नै सचेतना अभियान चलाउन आवश्यक रहेको बताए। उनले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताएका थिए ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

उनले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए । उनले नेपालभित्रै केही गर्न सकिन्छ भन्ने हिसाबमा युवाहरूले सूक्ष्म दृष्टिले हेर्न आवश्यक रहेको बताएका थिए ।

उनले स्टार्टअप उद्योगका लागि सरकारले बजेटमार्फत सहुलियत समेत दिएको बताए । अर्थमन्त्री महतले नेपालमा आईटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरू सो क्षेत्रतर्फ लाग्न आवश्यक रहेको बताएका थिए ।

उनले नेपालको आईटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको बताए । उनले सरकारले पनि आईटी क्षेत्रको प्रवर्द्धन गर्दै लैजाने बताएका थिए ।

उनले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मक रूपमा सुधार हुँदै गएको दाबी गरे । उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै सरकारले त्यही विषयमा केन्द्रित रहेको बताएका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update