Aarthikaina
समृद्धि यु–१९ राष्ट्रिय बास्केटबलमा एन्जल्स हार्टलाई सफलता

काठमाडौं । एन्जल्स हार्टले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार सफलता हात पारेको छ । एन्जल्स हार्टले ट्रिनिटीलाई ७९–६४ ले पराजित गर्‍यो । एन्जल्स हार्टका सागर परियारले २३ स्को गरेका थिए ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमै टाइमआउट, कीर्तिपुर र आईएसए नेपालले जित हात पारेका थिए । टाइमआउटले बौद्धलाई ७६–६९ ले हरायो । टाइमआउटका साम्देन दोर्जेले १९ अंक जोडेका थिए ।

Manakamana Cable Car

कीर्तिपुरले योद्धालाई ९४–५९ ले पाखा लगायो । कीर्तिपुरको जितमा आशिष मगरले २८ अंक योगदान गरेका थिए । विवेक गौतमको ३३ अंक सहयोगमा आइएसए नेपालले स्नोल्यान्डमाथि ७४–६९ को जित दर्ता गर्‍यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको महिलामा बूढानीलकण्ठ र भ्याली पब्लिक विजयी भएका थिए । भ्याली पब्लिकले जेभियर इन्टरनेसनल कलेजलाई ४७–४२ ले पन्छायो । भ्याली पब्लिकका लागि एन्जल गुप्ताले १२ स्कोर गरिन् । बूढानीलकण्ठले गोल्डेन गेट इन्टरनेसनल कलेजलाई ४४–२७ ले निराश पार्‍यो । बूढानीलकण्ठकी विनामणीले १८ अंक जोडिन् ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update